रुपन्देहीमा देउसी भैलाे राति १० बजेसम्म खेल्न पाइने
शनिबार, २५ कात्तिक २०८०, १३ : ३२
बुटवल । रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै आग्रह गरेको हो ।
यस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र गर्न आग्रह गर्दै सूचनाको बर्खिलाप हुने क्रियाकलापहरू प्रचलित कानुनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानुनतः पूर्ण रूपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन पनि प्रशासन कार्यालयको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
-
हाइब्रिड गाडीको नाममा राजस्व छली
-
को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका प्रा.डा. भोला थापा ?
-
जलवायु परिवर्तनले गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण