एम्बाप्पेको ह्याट्रिक, पीएसजी शीर्ष स्थानमा
आइतबार, २६ कात्तिक २०८०, १० : ०३
पेरिस । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले रेम्सलाई हराउँदै पेरिस सेन्ट जर्मेन लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा पीएसजी ३–० गोलले विजयी बनेको हो ।
खेलको तेस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका एम्बाप्पेले दोस्रो हाफको ५९ औँ मिनेटमा दोस्रो गोल गरे । ८२ औँ मिनेटमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे ।
रेम्सका जुन्या इटोले पहिलो हाफमा गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । पीएसजीका गोलकिपर जियानलुइजी डोनारुमाले विपक्षी टोलीका थुप्रै प्रयास विफल बनाएका थिए ।
जीतपछि पीएसजीले निसलाई एक अङ्कले उछिन्दै शीर्ष स्थानमा उक्लेको छ । १२ खेलपछि निसको २६ अङ्क रहेको छ भने पीएसजीको समान खेलबाट २७ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण