आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको ह्याट्रिक, पीएसजी शीर्ष स्थानमा

आइतबार, २६ कात्तिक २०८०, १० : ०३
आइतबार, २६ कात्तिक २०८०

पेरिस । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले रेम्सलाई हराउँदै पेरिस सेन्ट जर्मेन लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा पीएसजी ३–० गोलले विजयी बनेको हो ।

खेलको तेस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका एम्बाप्पेले दोस्रो हाफको ५९ औँ मिनेटमा दोस्रो गोल गरे । ८२ औँ मिनेटमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे । 

रेम्सका जुन्या इटोले पहिलो हाफमा गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । पीएसजीका गोलकिपर जियानलुइजी डोनारुमाले विपक्षी टोलीका थुप्रै प्रयास विफल बनाएका थिए । 

जीतपछि पीएसजीले निसलाई एक अङ्कले उछिन्दै शीर्ष स्थानमा उक्लेको छ । १२ खेलपछि निसको २६ अङ्क रहेको छ भने पीएसजीको समान खेलबाट २७ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप