राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
मङ्गलबार, २८ कात्तिक २०८०, ०७ : २०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा÷म्ह पूजा गरी मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण