लिलामीमा ५ करोड १७ लाख डलरमा बिक्यो फरारी
न्यूयोर्क । अमेरिकामा सोमबार एउटा फरारी झन्डै सवा ५ करोड डलरमा विक्री भयो । न्यूयोर्कमा ब्रोकरेज कम्पनी सथबीले गरेको एउटा लिलामीमा सन् १९६२ मा बनेको फरारीको २५० जीटीओ मोडलको एउटा कार ५ करोड १७ लाख डलरमा विक्री भएको थियो । यो कुनै पनि फरारीले लिलामीमा अहिलेसम्म पाएको सबैभन्दा धेरै मूल्य हो ।
उक्त कार ३८ वर्षमा पहिलो पटक सार्वजनिक रूपमा विक्रीका लागि राखिएको थियो । विश्वभर लाखौँ करोडौँ मानिस फरारी भनेपछि भुतुक्कै हुन्छन् । लिलामीमा कारले पाएको मूल्यले यसप्रतिको मोहलाई थप प्रस्ट पारेको छ । पछिल्लो कारोबारले फरारीको विरासतमा नयाँ अध्याय थपेको आरएम सथबीमा लिलामीका ग्लोबल हेड गर्ड डफ भन्छन् ।
कार लिलामीमा सबैभन्दा धेरै मूल्यमा विक्री हुने कारमध्ये एउटा पनि बनेको छ । सन् १९६२ देखि १९६४ को बिचमा इटलीको लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फरारीले २५० जीटीओ मोडलको जम्मा ३९ ओटा कार बनाएको थियो । कारलाई लिलाम गृहले स्पोर्ट्स कारको होली ग्रेल भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण