लिलामीमा ५ करोड १७ लाख डलरमा बिक्यो फरारी

न्यूयोर्क । अमेरिकामा सोमबार एउटा फरारी झन्डै सवा ५ करोड डलरमा विक्री भयो । न्यूयोर्कमा ब्रोकरेज कम्पनी सथबीले गरेको एउटा लिलामीमा सन् १९६२ मा बनेको फरारीको २५० जीटीओ मोडलको एउटा कार ५ करोड १७ लाख डलरमा विक्री भएको थियो । यो कुनै पनि फरारीले लिलामीमा अहिलेसम्म पाएको सबैभन्दा धेरै मूल्य हो ।
उक्त कार ३८ वर्षमा पहिलो पटक सार्वजनिक रूपमा विक्रीका लागि राखिएको थियो । विश्वभर लाखौँ करोडौँ मानिस फरारी भनेपछि भुतुक्कै हुन्छन् । लिलामीमा कारले पाएको मूल्यले यसप्रतिको मोहलाई थप प्रस्ट पारेको छ । पछिल्लो कारोबारले फरारीको विरासतमा नयाँ अध्याय थपेको आरएम सथबीमा लिलामीका ग्लोबल हेड गर्ड डफ भन्छन् ।
कार लिलामीमा सबैभन्दा धेरै मूल्यमा विक्री हुने कारमध्ये एउटा पनि बनेको छ । सन् १९६२ देखि १९६४ को बिचमा इटलीको लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फरारीले २५० जीटीओ मोडलको जम्मा ३९ ओटा कार बनाएको थियो । कारलाई लिलाम गृहले स्पोर्ट्स कारको होली ग्रेल भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने
-
मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’