कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य कँडेललाई सहकारी विभागको जिम्मेवारी दिइएको हो ।
यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने गत भदौ १५ गते १५ विभाग थपेका थिए ।
जसमा पुष्पा भुसालले महिला, चीनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, योगेन्द्र चौधरीले थारू, गेहेन्द्र गिरीले जेष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, डा.रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनले आदिवासी जनजाति, नानु बाँस्तोलाले जिल्ला सम्पर्क समिति समन्वय, रंगमती शाहीले पिछडिएको क्षेत्र, बरालले आपूर्ति तथा उपभोक्ता समन्वय र मदनकृष्ण श्रेष्ठले अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी पाएका थिए ।
कांग्रेसमा ७० विभाग रहे पनि देउवाले अहिलेसम्म १७ विभाग प्रमुख मात्र तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण