साबिक विजेता इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो
काठमाडौँ । साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई हराउँदै युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति भएको खेलमा इटाली ५–२ गोलले विजयी बनेको हो ।
खेलको १७ औँ मिनेटमा माटेयो डार्मियानले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ४० औँ मिनेटमा मिनेटमा जोर्गिन्हो पेनाल्टीबाट चुके पनि पहिलो हाफको अन्त्यमा फेडेरिको चिएसाले दुई गोल थप्दै टोलीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा जानी आटानासोभले म्यासेडोनियाका लागि दुई गोल फर्काएका थिए । तर, जियाकोमो रास्पाडोरी र स्टेफन अल सारावेले एक–एक गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि इटाली समूह सीमा यसअघि नै छनोट भइसकेको इंग्ल्याण्डपछि दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको युक्रेनको पनि समान १३ अङ्क रहे पनि इटालीको गोल अन्तर राम्रो रहेको छ । अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण