भारतद्वारा चौथो चरणको राहत सामग्री हस्तान्तरण

काठमाडौँ । भारत सरकारद्वारा सहयोग स्वरूप प्रदान गरिएको अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल चिकित्सक संघको माग अनुरूप भारतले यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासका प्रथम सचिव डा. साहिल कुमारले जानकारी दिए ।
यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको उनको भनाई छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपत्कालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।
‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ,’ दूतावासले भनेको छ, ‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन