भारतद्वारा चौथो चरणको राहत सामग्री हस्तान्तरण
काठमाडौँ । भारत सरकारद्वारा सहयोग स्वरूप प्रदान गरिएको अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल चिकित्सक संघको माग अनुरूप भारतले यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासका प्रथम सचिव डा. साहिल कुमारले जानकारी दिए ।
यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको उनको भनाई छ । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपत्कालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।
‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ,’ दूतावासले भनेको छ, ‘नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण