वेल्स रोकिएपछि क्रोएसिया युरो २०२४ मा छनोट
बुधबार, ०६ मङ्सिर २०८०, ०९ : ३०

जागरेब । क्रोएसिया जर्मनी हुने युरो २०२४ का लागि स्वतः छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जीतसँगै टोली समूह डीमा टर्कीपछि दोस्रो स्थान रहन सफल भयो । उता, टर्कीसँग बराबरी खेलेपछि वेल्स भने अब प्लेअफको चरणबाट पार गर्नुपर्ने भएको छ ।
खेलको ४३ औँ मिनेटमा एन्टे बुडिमिरले गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो । टोली सन् २००४ देखि लगातार युरोपियन च्याम्पियनसिपमा छनोट हुँदै आइरहेको छ । युरो २०२४ को ड्र आगामी डिसेम्बर २ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला