बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोमा निरोगी रहन चाहनुहुन्छ ? डाइटमा अपनाउनुस् यी चिज

बुधबार, ०६ मङ्सिर २०८०, १५ : ०१
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । चिसोको मौसम सुरु भएको छ । रुघाखोकी र भाइरल संक्रमणका बिरामी बढिरहेका छन् । मौसम परिवर्तन भइरहँदा इम्युनिटी अर्थात् रोगसँग लड्ने क्षमता पनि कमजोर हुन थाल्छ । कमजोर इम्युनिटीलाई बलियो बनाउन सकिन्छ, धेरै मेहनत पनि गर्नु पर्दैन । यसका लागि भोजनमा केही हेरफेर चाहिँ गर्नुपर्छ ।

के हो इम्युनिटी ?

इम्युनिटी कोशिका, रासायनिक यौगिकको जटिल नेटवर्क हो । यी सबै मिलेर शरीरलाई संक्रमणबाट बचाउने काम गर्छ । क्लीवल्यान्ड क्लिनिकका अनुसार मानव शरीर शक्तिशाली रक्षा संयन्त्रले बनेको हुन्छ । यसले शरीरलाई भाइरस र ब्याक्टेरियाबाट बचाउने काम त गर्छ नै साथै नयाँ भाइरसलाई चिनेर यसविरुद्ध लड्ने प्रणाली पनि तयार गर्छ ।

पर्याप्त पानी सेवन गर्नुको साथसाथै जडिबुटी, मसाला, प्रोटिन, भिटामिन र मिनरल्सको उपर्युक्त सम्मिश्रणले इम्युनिटीलाई बढवा दिन सक्छ । भोजनमा यी सबै कुरालाई समावेश गर्दै आउनु भएको छ भने तपाईँले इम्युनिटी बढाउन आफ्नो डाइटमा धेरै हेरफेर गर्नै पर्दैन । के तपाईँको इम्युनिटी पनि कमजोर छ ? चिसो मौसममा बेला बेलामा रुघाखोकी जस्ता समस्याहरुले सताइरहन्छ ? त्यसो हो भने डाइटमा तल भनिएका केही वस्तुलाई समावेश गरेर इम्युनिटीलाई मजबुत बनाउन सक्नु हुन्छ ।

अदुवा लसुन

अदुवा र लसुनले तरकारी र खानेकुराको स्वाद त बढाउँछ नै । यसमा पाइने सुपर एन्टी–इन्फलेमेटरी र एन्टीअक्सिडेन्ट गुणले आन्द्राको स्वास्थ्यलाई पनि बढाउँछ । चिसोको मौसमसँगै कयौँ भाइरस र ब्याक्टेरिया पनि आउँछन् । यस्तोमा अदुवा र लसुनको एन्टीभाइरल र रोग प्रतिरोधात्मक गुणले तपाईँको पनि इम्युनिटी बढाउन मद्दत गर्न सक्छ ।

मरिच

मरिच गुणकारी मसला हो । यसलाई कसैकसैले कालो सुन पनि भन्छन् । यसले खानाको स्वाद बढाउने काम मात्रै होइन शरीरमा गर्मी पनि पैदा गर्छ । मरिचले शरीरमा स्वेत रक्त कोशिकाको स्तरलाई सुधारेर इम्युनिटी बढाउँछ । यसमा कयौँ प्रकारका अन्य तत्त्व पनि पाइन्छ ।

लेमनग्रास

लेमनग्रास घाँसको एउटा प्रजाति हो । तपाईहरुमध्ये केहीले बिहान कालो चियामा लेमनग्रासको प्रयोग पनि गरिरहनु भएको होला । यसका अन्य गुण पनि छन् । यसलाई खासगरी पीडा र ऐँठनबाट राहतका लागि अरोमाथेरापीमा प्रयोग गरिन्छ । यसमा टन्नै हर्बल गुण छ । यसले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसले ब्याक्टेरिया र यीष्ट ग्रोथलाई रोकेर खोकी, घाँटीमा हुने खसखस, ज्वरोलाई कम गर्छ र इम्युनिटी बढाउँछ ।

अमिलो फल

हामीले सेवन गर्ने हरेक फलले हाम्रो इम्युनिटी बढाउँछ । हरेक फल भिटामिन सी, फाइबर, एन्टअक्सिडेन्ट, मिनरल्स र इन्जाइमले भरिपूर्ण हुन्छ । यी सबैले शरीरमा संक्रमणसँग लड्न आवश्यक स्वेत रक्त कोशिकाको उत्पादन गर्छ । सुन्तला, कागती, निबुवा, भोगटे जस्ता अमिला फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । यी फलको सेवनले पाचनमा सुधार आउने भएकोले आन्द्राको स्वास्थ्यलाई पनि यसले बढवा दिन्छ । अमिलो फलको सेवनले  इम्युनिटी छिट्टै बढ्छ ।

माछा र कुखुरा

माछा र कुखुरा प्रोटिन, भिटामिन बी (भिटामिन सी र भिटामिन १२), जिंक र ओमेगा–३ फ्याटी एसिट पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरमा आरबीसी र डब्ल्यूबीसीको उत्पादन बढाएर शरीरलाई सुरक्षा दिन्छ र इम्युनिटीलाई पनि बढाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप