सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकतासम्बन्धी नेसपाको निर्णयले माओवादी केन्द्र उत्साहित

शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : १८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता गर्ने नेसपाको निर्णयलाई स्वागत गरेका छन् । बुधबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी घटकसँग एकता र धुर्वीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

माओवादीसँग तत्काल एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए । 

‘बाबुरामसहित सिंगो पार्टी एकता प्रक्रियामा आउने निर्णयको स्वागत गर्छु । एकता प्रक्रिया अगाडि बढाउनेसम्बन्धमा छिट्टै पार्टीको बैठक बस्छ’, रातोपाटीसँग  प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षज्युकै नेतृत्वमा एकता समायोजन समिति बनाउने विषयमा पार्टीले निर्णय गर्छ ।’

गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच भेटवार्तामा शीर्ष नेतृत्वमै एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप