एकतासम्बन्धी नेसपाको निर्णयले माओवादी केन्द्र उत्साहित
काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता गर्ने नेसपाको निर्णयलाई स्वागत गरेका छन् । बुधबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी घटकसँग एकता र धुर्वीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
माओवादीसँग तत्काल एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए ।
‘बाबुरामसहित सिंगो पार्टी एकता प्रक्रियामा आउने निर्णयको स्वागत गर्छु । एकता प्रक्रिया अगाडि बढाउनेसम्बन्धमा छिट्टै पार्टीको बैठक बस्छ’, रातोपाटीसँग प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षज्युकै नेतृत्वमा एकता समायोजन समिति बनाउने विषयमा पार्टीले निर्णय गर्छ ।’
गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच भेटवार्तामा शीर्ष नेतृत्वमै एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण