धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : १३

काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ । शुक्रबार दिउँसो ३:४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एयरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो ।
तर, उडान लगत्तै जहाजको इन्डिकेटरमा खराबी देखिएपछि जहाज काठमाडौँ फर्काइएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए ।
जहाज करिब ३० नटिकलमाईल उडान लगत्तै समस्या देखिएको मानन्धरको भनाइ छ ।
अहिले समस्या देखिएको जहाजको प्राविधिक अध्ययन भइरहेको मानन्धरले बताए । लगत्तै फर्काइएको यात्रुहरुलाई अर्को जहाजमा धनगढी पठाइएको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विपरीत सिद्धान्तका दलहरू मिल्नु राजनीति होइन, विकृति हो’
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु