धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : १३
काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ । शुक्रबार दिउँसो ३:४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एयरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो ।
तर, उडान लगत्तै जहाजको इन्डिकेटरमा खराबी देखिएपछि जहाज काठमाडौँ फर्काइएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए ।
जहाज करिब ३० नटिकलमाईल उडान लगत्तै समस्या देखिएको मानन्धरको भनाइ छ ।
अहिले समस्या देखिएको जहाजको प्राविधिक अध्ययन भइरहेको मानन्धरले बताए । लगत्तै फर्काइएको यात्रुहरुलाई अर्को जहाजमा धनगढी पठाइएको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण