पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी
आइतबार, १० मङ्सिर २०८०, १७ : १६
काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौँ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् ।
डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए । पटक–पटक रकम लिएर उनी सम्पर्कविहीन बनेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।
त्यस्तै, पोखरेलले दीपेश तामाङ कुवेत पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन बनेका थिए । उनलाई वसुन्धराबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण