पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी
आइतबार, १० मङ्सिर २०८०, १७ : १६
काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौँ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् ।
डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए । पटक–पटक रकम लिएर उनी सम्पर्कविहीन बनेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।
त्यस्तै, पोखरेलले दीपेश तामाङ कुवेत पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन बनेका थिए । उनलाई वसुन्धराबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन
-
टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका
-
बिच बजारमा पनि ध्यान सम्भव छ ?
-
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
-
ढुक्क भएर विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह