मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा उक्लियो रियल

सोमबार, ११ मङ्सिर २०८०, ०५ : ५६
सोमबार, ११ मङ्सिर २०८०

मड्रिड । रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।

खेलको १४ औँ मिनेटमा नै रोड्रिगोको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । २२ वर्षीय ब्राजिलियन खेलाडीले दोस्रो हाफको ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

२० वर्षीय इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले १० मिनेटपछि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन रियलका लागि उनको १३ औँ गोल थियो । 

लगातार तेस्रो जीतपछि टोलीको ३५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ । उसको ३४ अङ्क छ । समान ३१ अङ्क भए पनि एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप