शीर्ष स्थानमा उक्लियो रियल
सोमबार, ११ मङ्सिर २०८०, ०५ : ५६
मड्रिड । रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।
खेलको १४ औँ मिनेटमा नै रोड्रिगोको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । २२ वर्षीय ब्राजिलियन खेलाडीले दोस्रो हाफको ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
२० वर्षीय इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले १० मिनेटपछि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन रियलका लागि उनको १३ औँ गोल थियो ।
लगातार तेस्रो जीतपछि टोलीको ३५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ । उसको ३४ अङ्क छ । समान ३१ अङ्क भए पनि एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण