हार्दिक मुम्बइ लागेपछि शुभमनलाई कप्तान बनायो गुजरातले
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तानको जिम्मेवारी दिएको छ । हार्दिक पाण्डेया मुम्बइ इन्डियन्समा आवद्ध भएपछि गुजरातले शुभमनलाई कप्तानमा नियुक्त गरेको हो ।
शुभमनले पहिलो पटक कप्तानको जिम्मेवारी पाएका हुन् । यसअघि हार्दिकले सन् २०२२ देखि सन् २०२४ सम्म गुजरातमा कप्तानको भूमिका निर्वाह गरेका थिए । शुभमनले कप्तानको जिम्मेवारीलाई आफूले चुनौतिको रुपमा लिएको बताएका छन् ।
‘कप्तानको जिम्मेवारी पाउँदा मैले गौरवको अनुभव गरेको छ । यसलाई मैले चुनौतिको रुपमा पनि लिएको छ,’ उनले भनेका छन् । २४ वर्षीय गिलले सन् २०१८ देखि आईपीएल खेल्न थालेका हुन् । उनले पहिलो सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।
शुभमनले सन् २०२२ को आईपीएलमा १६ खेल खेल्दै कुल चार सय ८३ रन बनाएका थिए । उनले सन् २०२३ को आईपीएलमा पनि १७ खेल खेल्दै कुल आठ सय ९० रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण