जाजरकोट भूकम्प पीडितलाई ३० लाख रुपैयाँ बराबरको सहयोग
काठमाडौँ । पर्यटनका लागि सँगसँगै अभियान (टीएफटी) ले जाजरकोटका भूकम्प पीडितहरूको राहतका लागि ३० लाख रुपैयाँ नगदसहित अन्य राहत सामग्री उपलब्ध गराएको छ । होटेल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको अभियानको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नगदसहित राहत सामग्री हस्तान्तरण गरेको हो ।
होटेल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ रुपैयाँ र सदस्य होटेल हिमालयको तर्फबाट थप ५ लाख रुपैयाँ गरी २० लाख ५६ हजार ८७८ रुपैयाँ बराबरको एक्रिलिक पन्चुः ५०० थान र लाइभ सेभर वाटर फिल्टर १५ वटा हस्तान्तरण गरेको हानले जनाएको छ ।
साथै स्कल नेपालको तर्पmबाट ५ लाख बराबरको २४० थान ब्लयांकेट,१०० थान स्लिपिङ ब्याग, ५ थान ह्विल चियर, ५ थान स्ट्रेचर र २० थान प्रोटेक्टिभ सुट प्रदान गरेको छ ।
यस्तै, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिस्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख बराबरको नगद जिन्सी राहत सामग्री प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको होटेल संघ हानले जनाएको छ ।
बढ्दो जाडो याममा भूकम्प पीडितहरूलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्हो लगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त देखिएको पनि सो व्यवसायीहरूले बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी शीप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदै अर्न एन्ड लर्नको अवधारणा अन्तर्गत कार्यक्रमहरू छिट्टै सञ्चालन गरी भूकम्प पीडितहरूलाई जीविकोपार्जनमा सहयोग पु¥याउने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण