सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एनटीए लिग भोलिदेखि हुने

बुधबार, १३ मङ्सिर २०८०, १८ : ५६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । 

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज काठमाडौँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए । प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताए ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप