रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि...
रणवीर कपुरको शीर्ष भूमिका रहेको एनिमलको प्रमोसन भइरहेको छ । यसैबिच रणवीर कपुर र फिल्मकी हिरोइन रश्मिका मन्दना सिंगिङ्ग रियालिटी शो इन्डियन आइडलमा अतिथिको रुपमा गएका थिए ।
यहीबेला स्टेजमा रणवीर र रश्मिकाको साथमा कार्यक्रमका जजहरु कुमार सानु र श्रेया गोषलले सामीको हुक स्टेपमा नाचेका थिए । रश्मिकाले सबैलाई नाच्न सिकाएकी थिइन् । यो गीत अल्लु अर्जुनको ब्लकबष्टर फिल्म पुष्पाको हो । फिल्ममा अल्लुसँग रश्मिकाको जोडी देखिएको थियो ।
डिसेम्बर १ मा रिलिज हुँदैछ एनिमल
एनिमल डिसेम्बर १ अर्थात् भोलि शुक्रबार रिलिज हुँदैछ । यस फिल्ममा अनिल कपुरले रणवीरको पिताको भूमिका निभाउँदै छन् । बबी देओल भने खुंखार भिलेनको रुपमा देखिँदैछन् । बाउ छोराबिच अल्झिएको सम्बन्ध वरपर घुमेको यो फिल्म ग््याङ्गस्टर फिल्म भएको बताइएको छ ।
यो फिल्म रणवीरको करियरको सबैभन्दा ठूलो फिल्म हुने आशा गरिएको छ । एड्भान्स बूकिङबाट मात्रै फिल्मले १४ करोड भारु कमाई सकेको छ । केही ट्रेन्ड एनालिष्टले फिल्मको ओपनिङ कलेश्न १ खर्ब भारु कमाउने बताइरहेका छन् । सो प्रक्षेपण पूरा होला नहोला । तर फिल्म रणवीरको सबैभन्दा धेरै ओपनिङ्ग कलेक्शन गर्ने फिल्म बन्न सक्ने सम्भावना चाहिँ उच्च बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण