चीनको कारखाना गतिविधिमा लगातार संकुचित
बेइजिङ । चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।
राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकाङ्क घटेर ४९ दशमलव चारमा आएको छ । यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९ दशमलव आठको पूर्वानुमानभन्दा पनि कमजोर थियो ।
चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ ।
कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास सङ्कट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ । यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ ।
विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ । तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित चार दशमलव नौ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।
यद्यपि अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन सङ्घर्षको सामना गरिरहेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण