घरेलु मैदानमा न्युजिल्याण्डलाई पहिलो पटक हरायो बंगलादेशले
सिलेट । न्युजिल्याण्डविरुद्धको दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । सिलेटमा जारी खेलमा बंगलादेशले न्युजिल्याण्डलाई १५० रनले पराजित गरेको हो ।
घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको टेस्टमा बंगलादेशको यो पहिलो जित हो। बंगलादेशी टोली पछिल्लो २४ महिनामा दोस्रो पटक न्यूजिल्याण्डविरुद्धको टेष्ट खेल जित्न सफल भएको छ । यसअघि गत वर्ष बंगलादेशले न्यूजिल्याण्डलाई उसैको घरेलु मैदानमा ८ विकेटले पराजित गरेको थियो । दुई टेष्टको शृंखला १–१ को बराबरीमा सकिएको थियो ।
चौथो दिनको खेल समाप्त हुँदा न्युजिल्याण्डले ४९ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । अन्तिम दिन न्युजिल्याण्डलाई जितका लागि २ सय १८ रन आवश्यक थियो । बंगलादेशलाई जितका लागि ३ विकेट चाहिएको थियो । तर न्युजिल्याण्डको टोली १८१ रनमा सीमित बन्यो ।
न्युजिल्याण्डका लागि डेरल मिचेलले ५८ रन बनाए भने कप्तान टिम साउथीले ३४ रनको योगदान दिए । बंगलादेशका लागि तइजुल इस्लामले ६ विकेट लिँदै न्युजिल्याण्डको पाली ध्वस्त बनाए । नयिम हसनले २ विकेट लिए ।
यसअघि बंगलादेशले पहिलो इनिङ्समा ३१० रन र दोस्रो इनिङ्समा ३३८ रन बनाएको थियो । न्युजिल्याण्डले पहिलो इनिङ्समा ३१७ रन मात्रै बनाउन सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण