एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५८
झापा । झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।
ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बर्ता । प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण