बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगेधारामा दुर्घटना भएको विषयमा पीडित र यातायात समितिबिच झगडा

बिहीबार, २१ मङ्सिर २०८०, १८ : १३
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको ढुंगेधारामा बुधबार बनस्थलीतर्फ आउँदै गरेको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्कुटरको पछाडि सवार रसुवा घर भएका विशाल लामा छन् । 

ना.८ ख ३५०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि क्षतिपूर्ति र चालकलाई कारबाहीको दबाब दिन प्रहरी वृत्त बालाजुमा गएका पीडितका परिवार र यातायात समितिका व्यक्तिहरुको बिचमा झगडा भएको छ । दुई पक्षबिच विवाद हुँदा एकजनामाथी पानीको बोतल प्रहार भएको प्रहरी वृत्त बालाजुका एक जना अधिकृतले रातोपाटीलाई बताए । नारायणी यातायात समितिका सदस्यहरु र पीडितहरुको बिचमा सहमति भएको छैन । 

मृतक २२ वर्षीय विशाल लामा रसुवाको आमाछोदिङ गाउँपालिकाका स्थानीय हुन् । 

बागमती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर २१ वर्षीय अंकित शाहीले चलाएका थिए । ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय कृष्ण गौतमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप