ढुंगेधारामा दुर्घटना भएको विषयमा पीडित र यातायात समितिबिच झगडा
काठमाडौँ । काठमाडौँको ढुंगेधारामा बुधबार बनस्थलीतर्फ आउँदै गरेको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्कुटरको पछाडि सवार रसुवा घर भएका विशाल लामा छन् ।
ना.८ ख ३५०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि क्षतिपूर्ति र चालकलाई कारबाहीको दबाब दिन प्रहरी वृत्त बालाजुमा गएका पीडितका परिवार र यातायात समितिका व्यक्तिहरुको बिचमा झगडा भएको छ । दुई पक्षबिच विवाद हुँदा एकजनामाथी पानीको बोतल प्रहार भएको प्रहरी वृत्त बालाजुका एक जना अधिकृतले रातोपाटीलाई बताए । नारायणी यातायात समितिका सदस्यहरु र पीडितहरुको बिचमा सहमति भएको छैन ।
मृतक २२ वर्षीय विशाल लामा रसुवाको आमाछोदिङ गाउँपालिकाका स्थानीय हुन् ।
बागमती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर २१ वर्षीय अंकित शाहीले चलाएका थिए । ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय कृष्ण गौतमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
-
अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
-
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
-
‘आमा-बुबा भन्न छाडेर आयातित भाषामा लाग्यौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण