बेलिङह्यामको गोल तर रोकियो रियल
आइतबार, २४ मङ्सिर २०८०, ०९ : ३६
मड्रिड । जुड बेलिङह्यामले आफ्नो गोल वर्षा जारी राखे पनि रियल मड्रिड रियल बेटिससँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
२० वर्षीय इङ्लिस मिडफिल्डरले खेलको ५३ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रियलका लागि १८ खेलमा उनको यो १६ औँ गोल थियो । ला लिगामा उनले १२ गोल गर्नुका साथै २ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
तर,६६ औँ मिनेटमा एटर रुइबालले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । बराबरीपछि १६ खेलबाट ३९ अङ्क बटुल्दै रियल लिगको शीर्ष स्थानमा रहेको छ । यसले दोस्रो स्थानमा रहेको जिरोनालाई रियललाई उछिन्ने मौका दिएको छ । १५ खेलबाट जिरोनाको ३८ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण