बेलिङह्यामको गोल तर रोकियो रियल
आइतबार, २४ मङ्सिर २०८०, ०९ : ३६

मड्रिड । जुड बेलिङह्यामले आफ्नो गोल वर्षा जारी राखे पनि रियल मड्रिड रियल बेटिससँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
२० वर्षीय इङ्लिस मिडफिल्डरले खेलको ५३ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रियलका लागि १८ खेलमा उनको यो १६ औँ गोल थियो । ला लिगामा उनले १२ गोल गर्नुका साथै २ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
तर,६६ औँ मिनेटमा एटर रुइबालले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । बराबरीपछि १६ खेलबाट ३९ अङ्क बटुल्दै रियल लिगको शीर्ष स्थानमा रहेको छ । यसले दोस्रो स्थानमा रहेको जिरोनालाई रियललाई उछिन्ने मौका दिएको छ । १५ खेलबाट जिरोनाको ३८ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?