श्रीदेवीलाई फकाउन अमिताभ बच्चनले ट्रकभरि गुलाबको फूल पठाएपछि...
नयाँ दिल्ली । अमिताभ बच्चनलाई कतिपयले बलिउडको महानायक भन्छन् । उनीसँग काम गर्न कुनचाहिँ कलाकारको चाहाना नहोला र । तर एउटा समय यस्तो पनि थियो, बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न मानिनन् । अमिताभसँग जिन्दगीभर काम गर्दिन् भनेर श्रीदेवीले कसम नै खाएको भन्ने हल्ला सुन्न पाइन्छ ।
खुदा गवाहमा अमिताभसँग उनको जोडी कसरी बन्यो ?
श्रीदेवी र अमिताभ सन् १९८६ मा आखिरी रास्तामा सँगसँगै देखिएका थिए । यहि बेला अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न ठाडै अस्वीकार गरिदिइन् । श्रीदेवीले पत्रकारहरुको सामु नै अमिताभसँग काम नगर्ने घोषणा गरेकी थिइन् । अमिताभको फिल्ममा हिरोइनले खासै राम्रो भूमिका नपाउने श्रीदेवीको मनमा परेको थियो । त्यसैले सुरुमा खूदा गवाह फिल्मको अफर आउँदा श्रीदेवीले ठाडै अस्वीकार गरेकी थिइन् ।
ट्रकभरि फुल पठाएर मनाएका थिए अमिताभले
खूदा गवाह फिल्ममा आफ्नो जोडी श्रीदेवीसँगै बाँधियोस् भन्ने अमिताभको चाहना थियो । फिल्मका लागि श्रीदेवीलाई जसरी पनि मनाउनु थियो । अनि अमिताभले ट्रकभरी गुलाबको फूल श्रीदेवीका लागि पठाए । यो देखेर श्रीदेवी खुसी भइन् । अमिताभसँगको असन्तुष्टि बिर्सिएर फिल्ममा काम गर्न राजी भइन् ।
तर श्रीदेवीले एउटा शर्त राखिन् । शर्त के थियो भने फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । खुदा गवाहमा श्रीदेवीले आमा र छोरी दुबैको भूमिका निर्वाह गरेकी थिइन् । सन् १९९२ मा आएको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो ।
दुबै भूमिकामा श्रीदेवीलाई दर्शकहरुले निकै मन पराए । खुदा गवाह श्रीदेवी र अमिताभको तेस्रो फिल्म थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण