आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

सोमबार, २५ मङ्सिर २०८०, २० : १८
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले धर्ना, जुलुस जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग भएको विषयमा असन्तुष्ट जनाउँदै कार्यालयमा धर्ना, जुलुस तथा विरोध हुन थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो । 

यसअघि सञ्चालित सीप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थापछि नियमप्रति सिप बिल्डिङमा अनुत्तीर्ण भएका २८ हजारभन्दा बढी आवेदन दिनबाट वञ्चित भएका छन्। उनीहरूले आवेदन दिन पाउनुपर्ने माग राख्दै ईपीएस कार्यालयमा धर्ना दिँदै आएका छन्। 

कार्यालयमा दिनहु विरोध प्रर्दशन हुन थालेपछि कार्यालयले विज्ञप्ति जारी गर्दै रोक्न आग्रह गरेको हो । उनीहरूले उठान गरेका मागका विषयमा कोरियासँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयका निर्देशन गुरुदत्त सुवेदीले बताए। 

नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य कार्यालयसँग छलफल भइरहेको सुवेदीले बताए । छलफल चलिरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न आग्रह गरेका हुन्। 

कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेको छ। यसअघि सीप बिल्डिङका लागि भन्दै ४ हजार ९८ जनाको नाम सार्वजनिक गरेको थियो। उक्त परीक्षामा अनुत्तीर्ण भएकाहरूले यसमा पनि आवेदन दिन पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन्।

ध्यानाकर्षण-सम्बन्धमा_1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप