रामग्रामलाई विश्वकै धार्मिक र सांस्कृतिक गन्तव्य बनाउन सकिन्छ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरर्पोट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् ।
‘नयाँ तरिकाले ब्राण्डिङ गर्न सके पर्यटकहरूलाई दुई/तीन हजार वर्षअघिको समय अनुभूत गराउन सकिनेछ । रामग्रामलाई ब्राण्डिङ गर्न सके धार्मिक सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ । बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यहाँ एयरपोर्ट बनाएको बताए । तर एयरपोर्ट राम्रोसँग सञ्चालन गर्न नसकेको उनले स्वीकारेका छन् । मुख्य जिम्मेवारीको रूपमा यो एयरपोर्ट सञ्चालन गर्न नेपाल वायुसेवा निगमको जहाज आवश्यक छ’, मन्त्री किरातीले भने । उनले प्रधानमन्त्रीको नेतृत्वमा अब आर्थिक समृद्धि पुरा हुने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण