६ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
काठमाडौँ । अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ ।
तीन महिनाभन्दा बढी समयदेखि बरन्डामा थन्क्याएर राखिएका सहसचिवहरु क्रमशः महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्माको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो ।
प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
सहसचिव अमृत लम्साललाई बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा र पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रशासन महाशाखालाई सहसचिवहरूको सरुवा तथा पदस्थापन गर्न प्रशासन महाशाखालाई निर्देशनका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण