आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

६ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

मङ्गलबार, २६ मङ्सिर २०८०, १४ : ०१
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । 

तीन महिनाभन्दा बढी समयदेखि बरन्डामा थन्क्याएर राखिएका सहसचिवहरु क्रमशः महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्माको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो ।

 प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

 सहसचिव अमृत लम्साललाई बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा र पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको मन्त्रालयले जनाएको छ ।

 अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रशासन महाशाखालाई सहसचिवहरूको सरुवा तथा पदस्थापन गर्न प्रशासन महाशाखालाई निर्देशनका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप