रुकुम पश्चिममा ३ हजार १६८ वटा अस्थायी आवास बनायौँ : माओवादी
सुर्खेत । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले तीन हजार १६८ वटा अस्थायी टहरा बनाएको दाबी गरेको छ । माओवादीका जिल्ला संयोजक गोविन्द रोक्काका अनुसार पालिकाहरूबाट प्राप्त विवरण अनुसार जिल्लाभर हालसम्म सो मात्रामा आवास निर्माण भएका हुन् ।
प्राप्त विवरण अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानोभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७, बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवासहरू निर्माण भएका छन् ।
सबैभन्दा बढी क्षति भएका आठबिसकोट, सानोभेरी र चौरजहारी नगरपालिका हुन् । यहाँ माओवादीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा सिङ्गो जिल्ला पार्टी नै भोलेन्टियरको रूपमा खटिएको छ । शर्माले ३ हजार बढी भोलेन्टियरको कमान्ड गरी आफैँ पनि आवास निर्माणमा खटिएका छन् । अहिले त्यहाँ अन्तबाट पनि नेता, कार्यकर्ताहरू खटिएका छन् भने अन्य राजनीतिक दलहरूले पनि अस्थायी आवास निर्माणको काम गरिरहेका छन् ।
मङ्सिर महिनाभित्रै नागरिकलाई त्रिपालमुक्त गराइने भनिए पनि त्यो मुस्किल पर्ने देखिन्छ । रुकुम पश्चिममा प्रारम्भिक तथ्याङ्क अनुसार ३२ हजार ८०७ घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म २५ हजार बराबरको प्रहरी मुचुल्का बनिसकेको छ भने अझै लगत सङ्कलनको काम बाँकी नै रहेको छ ।
रुकुम प्रशासनका अनुसार अहिलेसम्म १९ हजार बढी परिवारलाई अस्थायी आवासका लागि पहिलो किस्ता रकम पठाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण