काठमाडौँमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न पक्राउ
काठमाडौँ । काठमाडौँमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय नागरिकहरु सञ्जीव बाँनियाँ, कृष्ण पोदार र किसन गिरीलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा बिक्रम गर्तौला, रमेश विश्वकर्मा र डिल्लीराम विश्वकर्मालाई पनि पक्राउ गरेको छ ।
गत असार १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका बिभिन्न गरगहना गरी करिब एक लाख असी हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । यस्तै कात्तिक पहिलो साता बिजयचोक स्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका बिभिन्न गरगहना तथा नगद गरी जम्मा तेह्र लाख अन्ठाउन्न हजार बराबरको धनमाल चोरी भएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा उक्त चोरी कार्यमा संलग्न तीन जनालाई कार्यालयबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत गौशला पठाइएको प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण