पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग
काठमाडौँ । प्रदेश नम्बर १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका सदस्य सचिव धिरेन्द्र किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आन्दोलनकारीलाई विनासर्त रिहाइ गर्न गृहमन्त्रालय, स्थानीय प्रशासन, प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् । ‘अन्यथा अनावश्यक शक्ति प्रयोग गर्दै राज्य शक्ति र श्रोतको दुरुपयोग गर्दै पहिचान विरोधी हर्कत गर्दै दमनकारीको विरुद्ध थप कडा प्रतिरोध गर्न बाध्य नबनाइयोस् भनि अनुरोध गर्दछौं’, संघर्ष समितिले चेतावनी दिएको छ ।
पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेतलगायतलाई कोशी प्रवेशमा रोक लगाउने भन्दै अवरोध गरेपछि भोजपुर, खोटाङ, धनकुटा उदयपुर लगायतका जिल्लाबाट बिहीबार बिहानसम्म ३० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण