सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ
शुक्रबार, २९ मङ्सिर २०८०, १२ : ५०
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।
उक्त चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थान र ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण