मित्रमिलन सहकारी ठगी, थप २ जना पक्राउ
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका थप २ जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको हो । उनीहरू दुवैको बसोबास पोखरामा छ । यसअघि पोखरा २२ का राजु बराल पक्राउ परिसकेका छन् ।
संस्थाका अध्यक्ष र कार्यकारी प्रमुख सुरुमै पक्राउ परेर हिरासतमा छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि सहकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । सोही उजुरीपछि सहकारी रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन सहित कारबाहीका लागि प्रहरीमा फाइल पठाएको हो ।
मित्रमिलनमा बचत गरिएको २६ करोड ८३ लाख भन्दा बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । सोही ठगी काण्डमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । सबैको खोजी कार्य जारी रहेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण