गेमिङका लागि पोको एम ५

काठमाडौँ । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो । यो फोन ४ जिबी प्लस ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी प्लस १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिनेछ ।
पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित आउँदछ । यसमा ६ एनएमको प्रोसेसर छ भने यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ । पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो ।
यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्ले सहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ । साथमा सनलाइट डिस्प्लेले बाहिरी वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।
फोटोग्राफीमा इच्छुक ग्राहकहरूका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथमा यस स्मार्टफोनको ५,००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्दतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश