एक महिनामा कास्कीबाट ५५ फरार अभियुक्त पक्राउ
पोखरा । कास्कीमा एक महिनामा ५५ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न समयमा मुद्दा दर्ता भई दोषी करार भएका उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
मंसिर महिनाभरिमा कास्कीमै मुद्दा दर्ता भएर फरार भएका ४४ जना र अन्यत्र मुद्दा दर्ता भएर कास्कीमा समातिएका ११ जना छन् । कास्कीमा मुद्दा दर्ता भएका मध्ये २९ जना पुरुष र १५ जना महिला छन् ।
यस्तै, अन्यत्र मुद्दा दर्ता भएका मध्ये ८ जना पुरुष र ३ जना महिला पक्राउ परेका बताइएको छ । कास्कीमा मुद्दा दर्ता भएकाहरू सबै बैंकिङ कसुरका दोषी हुन् ।
अन्यत्र जिल्लामा मुद्दा दर्ता भएकाहरूमध्ये ५ जना बैंकिङ कसुर, २ जना सरकारी छाप किर्ते गर्ने, २ जना ठगी मुद्दा तथा आपराधिक विश्वासघात र साइवर अपराधमा १÷१ जना छन् ।
अन्यत्र मुद्दा दर्ता भएकाहरूलाई सम्बन्धित जिल्लामा नै पठाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पछिल्लो समय बैंकिङ कसुर बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण