शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंले डेट गरिरहेको पार्टनर ‘पर्फेक्ट’ छ त ?

मङ्गलबार, ०३ पुस २०८०, १५ : ५३
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । हरेक सम्बन्धमा पर्फेक्ट पार्टनर जरुरी छ । पार्टनर पर्फेक्ट भएन भने न त वैवाहिक सम्बन्ध टिक्छ न त प्रेम सम्बन्ध । तपाईंको लागि ठ्याक्कै सुहाउने मान्छे हत्तपत्त भेटिँदैन । 

डेटिङका लागि पनि यस्तो विशेष व्यक्ति पाउन निकै मुश्किल छ । पार्टनर राम्रो पाइयो भने जिन्दगीमा राम्रो, सकारात्मक परिवर्तन आउँछ । हरेक दिन तपाईंले नयाँ नयाँ कुरा सिक्न सक्नु हुन्छ । उपर्युक्त पार्टनरले जोकोहीको जीवन सहज हुन्छ अनि व्यक्तिगत वृद्धि विकासलाई पनि टेवा मिल्छ । 

त्यसैले राम्रोसँग हेरेर, जाँचेर मात्रै जीवनमा अगाडि बढ्नु वेश हुन्छ । आजको यस लेखमा तपाई र हामी मिलेर तपाईंले डेट गरिरहेको मान्छे पर्फेक्ट हो कि होइन भनेर पत्ता लगाउने कोसिस गर्नेछौँ ।

  • समर्थन गर्ने

सही पार्टनरले राम्रो नराम्रो हरेक खालको समयमा तपाईंलाई साथ दिन्छ । तपाईंलाई राम्रो काम गर्न टेवा दिन्छ । नयाँ नयाँ चिज सिक्न र नयाँ काम गर्न तपाईंलाई प्रोत्साहित गरिरहन्छ । यस्तो सर्पोट र प्रोत्साहनले तपाईंको आफ्नो निजी जीवनमा मात्रै होइन करियरमा पनि अगाडि बढ्न सक्नु हुन्छ ।

  • सञ्चार सीप 

कुराकानी हरेक स्वस्थ सम्बन्धको महत्त्वपूर्ण हिस्सा हो । पार्टनर राम्रो छ भने उसले तपाईंसँग खुलेर कुराकानी त गर्छ नै तपाईंले बोलेको हरेक कुरा सुन्ने अनि बुझ्ने कोसिस पनि गर्छ ।

  • सम्मान

हरेक सम्बन्धको जग सम्मान हो । राम्रो पार्टनरले तपाईंको सीमाहरूलाई राम्रोसँग बुझेको हुन्छ अनि तपाईंको ‘पर्सनल स्पेश’को पनि सम्मान गर्छ । यस्तो पार्टनरले तपाईंको इच्छा, चाहना र रुचिको कदर गर्छ । तपाईंलाई मन पर्ने/नपर्ने कुराको मान पनि राख्छ । स्वस्थ सम्बन्धमा पारस्परिक सम्मान हुनु निकै जरुरी हुन्छ ।

  • विवादलाई शान्तिले सुल्झाउने

लडाइँ झगडा अनि मनमुटाव हरेक सम्बन्धमा हुन्छ । तर राम्रो पार्टनरले यस्तो लडाई–झगडालाई समझदारीको साथमा सुल्झाउँछन् । यस्ता पार्टनरले तपाईंको कुरा बुझ्छन् अनि केही स्थितिमा आफैँ पनि सम्झौता गर्छन्, सही दिन्छन् । त्यसैले आपसी सम्बन्धमा झगडालाई बढाइरहनु भन्दा यसको हल गर्नेतिर सोच्नुपर्छ ।

  • भावनात्मक टेवा

 हरेक व्यक्तिको जिन्दगीमा कयौँ खालका उतारचढाव आउँछन् । पाटर्नर सही छ भने यस्तो उतारचढावमा पनि एक अर्काको साथमा उभिइरहन्छन् । यस्ता पार्टनरले तपाईंलाई भावनात्मक टेवा दिनुको साथै चुनौतीमा पनि एक अर्कालाई साथ दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप