अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहितदेशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । कैलाली, भजनी नगरपालिका–३ ठेकी पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ७५ मिलिग्रामसहित सोही नगरपालिका–१ गोदाम टोल बस्ने २९ वर्षीय लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमाललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै झापा, दमक नगरपालिका–९ बरगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन पौदारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका–९ खरङगाबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपुर नगरपालिका–१ बस्ने ४१ वर्षीय आसिष पाख्रिन रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका(१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका–२१ बस्ने ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०२–०२९प १६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–११ बर्सेउलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–९ बुद्धचोक बस्ने २५ वर्षीय युवराज थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु २५ प २७०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण