माओवादी पदाधिकारी बैठक स्थगित
बुधबार, ०४ पुस २०८०, १४ : ०२
काठमाडौँ । माओवादी केन्द्रको बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्ताका कारण बैठक बुधवार बिहानसम्मका लागि स्थगित भएको छ’, उनले भने ।
मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए । सातै प्रदेशको इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण