आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गहुँको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री हुने

बुधबार, ०४ पुस २०८०, १५ : १६
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो । 

गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । 

यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप