घुम्न आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट, २ महिला र ३ पुरुष पक्राउ
पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले जनाएको छ । हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष पक्राउ परेका छन् ।
विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धान अघि बढाइएको छ । उनीहरुले मोबाइल र नगद तथा सुनहरू लुट्ने गरेका छन् ।
पक्राउ पर्नेमा पोखरा २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीय मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीय सम्झना परियार छन् ।
उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण