जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १० जना पक्राउ
बिहीबार, ०५ पुस २०८०, १२ : १२
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित पसी लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ, तार्केश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका–१३ घर भएका ४० वर्षीय सुशील श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण