माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बिहीबार, ०५ पुस २०८०, २० : ३२
काठमाडौँ । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन् ।
५५ वर्षीय उदासलाई सातदोवाटोबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ । माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन् ।
९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण