उद्योग वाणिज्य संघ दाङका सदस्य बुढाथोकी पक्राउ
शुक्रबार, ०६ पुस २०८०, १९ : ४०
बुटवल । दाङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले बताए । उनले लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो ।
डीएसपी मल्लले जिल्ला अदालत बाँकेको आदेशका आधारमा पक्राउ गरेर उतै पठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण