चोरी र डाँका मुद्दाका ३ जना फरार प्रतिवादी कारागार चलान
शुक्रबार, ०६ पुस २०८०, १९ : ५२
काठमाडौँ । चोरी र डाँका मुद्दामा फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचिनगर घर भएका २० वर्षीय भरत राजवंशी उर्फ कमल, २९ वर्षीय प्रकाश राजवंशी र ३२ वर्षीय मनिक राजवंशी छन् ।
झापा जिल्ला अदालतले कमलविरुद्ध चोरी मुद्दामा १ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको छ । गत जेठ ३१ मा फैसला भएसँगै उनी फरार थिए ।
प्रकाश राजवंशीलाई अदालतले १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको छ । मनिक राजवंशी विरुद्ध अदालतले १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको छ । २०७९ फागुन १० मा फैसला भएसँगै प्रकाश र मनिक पनि फरार थिए ।
प्रतिवादीहरुलाई अदालतको आदेशले जिल्ला कारागार झापामा थुना पठाइएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण