पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
शुक्रबार, ०६ पुस २०८०, २१ : ०६
काठमाडौँ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर सुर्यबिनायक नगरपालिका–१३ मा बस्ने प्रदिप बुढाथोकी छन् ।
२५ वर्षीय बुढाथोकीलाई बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । बुढाथोकीले कल्पना विश्वकर्मालाई पोल्याण्ड पठाउँछु भनेर १ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ ।
पोल्याण्ड जान सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक १ लाख २० हजारको जागिर मिलाइदिन्छु भनेर आरोपीले रकम लिएपछि सम्पर्क विहीन भएका हुन् । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण