कविता
जीवनको मोल
शनिबार, ०७ पुस २०८०, १२ : ०७
रहस्यपूर्ण देखिन्छ दुनियाँको चलन
अनमोल हुन्छ, गुमाएको वस्तु
अनमोल हुन्छ, बितेको पल
अनमोल हुन्छ, टुटेको नाता सम्बन्ध
बाँचुन्जेल जीवनप्रति वितृष्णा जागे पनि
अनमोल हुन्छ, मृत्यु नजिकिँदा जीवनको मोल
बाँचुन्जेलभन्दा मरेपछि
अनमोल हुन्छ, उसको महत्त्व
बाँचुन्जेल कसैप्रति घृणा भए पनि,
श्रद्धा जाग्छ, मृत्युपछि
बाँचुन्जेल मन नपराएको मानिस पनि
मन पर्छ, मरेपछि
जीवित रहेसम्म अवगुण हुने पनि
गुण मात्र देख्छ मरेपछि
अनि भन्छन सबैले आहा ! कति गुणिलो राम्रो मान्छे ?
आफूसँग हुँदा त्यसको महत्त्व नभए पनि
अनमोल हुन्छ, आफूसँग नहुँदा त्यही पनि
अनि भन्छन् सबैले आहा ! कति राम्रो ?
यस्तै छ, मानिसको मन,
यस्तै छ, समाजको रीति
अनि यस्तै छ, दुनियाँको चलन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण