अवैध लागू औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागू औषध डाइजेपाम लगायतका विभिन्न लागू औषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा ना ७ ख ३११७ नम्बरको बसबाट अवैध लागू औषध गाँजा ३ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बसका चालक सल्यान सारदा नगरपालिका–८ सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सहचालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जन रहेका छन् । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना ७ ख ३११७ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
यता कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थितबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित सोही नगरपालिका–७ हल्दुखाल बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण