कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ
आइतबार, ०८ पुस २०८०, २० : २५
बुटवल । कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
स्थानीय सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
उनीहरूको साथबाट सय केजी मासु पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण