शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुस २६ गतेदेखि पोखरा महोत्सव

आइतबार, ०८ पुस २०८०, २२ : २९
आइतबार, ०८ पुस २०८०

पोखरा । युनाइटेड क्लबको आयोजनामा हुँदै आएको पोखरा महोत्सव पुस २६ गतेदेखि हुने भएको छ । १२ औं संस्करणको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । २ सय ५० वटासम्म स्टल रहने क्लवले जनाएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ भने ३४ लाख नाफा गर्ने लक्ष्य छ ।

महोत्सवको आम्दानीबाट क्लवले यसअघि पोखरामा खुला चिडियाखाना निर्माणका लागि पैरवी गर्दै आएको थियो । सोही आधारमा पचभैयामा चिडियाखाना निर्माणको क्रम जारी छ । यसबाहेक गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति कोष स्थापना देखि स्वास्थ्य शिविरका कार्यक्रम गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चिडियाखाना निर्माणका लागि अहिलेसम्म ५८ लाख ८५ हजार लगानी गरिसकेको छ । महोत्सवले कला, संस्कृति, भेषभुषाको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकासमा योगदान पुगेको उनले सुनाए । महोत्सवमा पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप