पुस २६ गतेदेखि पोखरा महोत्सव
पोखरा । युनाइटेड क्लबको आयोजनामा हुँदै आएको पोखरा महोत्सव पुस २६ गतेदेखि हुने भएको छ । १२ औं संस्करणको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । २ सय ५० वटासम्म स्टल रहने क्लवले जनाएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ भने ३४ लाख नाफा गर्ने लक्ष्य छ ।
महोत्सवको आम्दानीबाट क्लवले यसअघि पोखरामा खुला चिडियाखाना निर्माणका लागि पैरवी गर्दै आएको थियो । सोही आधारमा पचभैयामा चिडियाखाना निर्माणको क्रम जारी छ । यसबाहेक गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति कोष स्थापना देखि स्वास्थ्य शिविरका कार्यक्रम गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चिडियाखाना निर्माणका लागि अहिलेसम्म ५८ लाख ८५ हजार लगानी गरिसकेको छ । महोत्सवले कला, संस्कृति, भेषभुषाको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकासमा योगदान पुगेको उनले सुनाए । महोत्सवमा पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण