चौथो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड’ आयोजना हुँदै
काठमाडौं। सिजन मिडियाले यस वर्ष पनि काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ गर्ने भएको छ ।
माघ अन्तिम साता हुने उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले समाज रहेर काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गरिनेछ ।
/हरेक मानिस वा समाजमा रहेका विविध समस्या परेको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो महत्व पु¥याएको हुन्छ भने समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरूले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यसपटक संस्थाले अवार्ड तथा सम्मान प्रदान गरी उनीहरूको काम गर्ने सोच र सामाजिक दायित्वलाई हौसला दिन लागिएको हो,' सिजन मिडियाले भनेको छ ।
यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई पनि सम्मान प्रदान गरिनेछ ।
सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिएइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण