सिन्धुली सदरमुकाममा महिलालाई पोलमा बाँधेर कुटपिट, ७ जना पक्राउ
काठमाडौँ । सिन्धुली सदरमुकामस्थित ढकाल गाउँमा एक महिलालाई गाउँलेहरूले पोलमा बाँधेर कुटपिट गरेका छन् । कमलामाई नगरपालिका वडा नम्बर–४ घर भएकी शारदा थापालाई गाउँलेहरूले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटमा संलग्न आरोपमा शारदाका पति सन्तोष थापा सहित ७ जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न स्थानीय र सन्तोषको बिचमा लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रवार सिन्धुली बजारबाट गाउँलेहरूले आफूलाई नियन्त्रणमा लिएर गएको सन्तोषले प्रहरीलाई बताएका छन् । तर, शारदासँग गाउँलेहरूको विवाद देखिएको छैन ।
प्रहरीले आइतबार दिउँसो ४ बजे घटनाबारे जानकारी पाएको थियो । खबर पाएपछि प्रहरी उपरीक्षक सिलवालले घटनास्थलमा पुगेर महिलाको उद्धार गरेका हुन् । पोलमा बाँधेर स्थानीयले लाठी, हात र खुट्टाले निर्घात कुटपिट गरेको आरोप छ ।
आरोपीहरू विरुद्ध बुधवार म्याद लिएर अनुसन्धान गरिने एसपी सिलवालले बताए । उनले भने, ‘यो घटनालाई हामीले गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण