बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ :  प्रधानमन्त्रीको सम्बोधनदेखि सरुवामा चलखेलसम्म
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : प्रधानमन्त्रीको सम्बोधनदेखि सरुवामा चलखेलसम्म

मङ्गलबार, १० पुस २०८०

आज २०८० पुस १० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’
देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

यसैक्रममा संयुक्त सरकारको प्रगति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । 

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका सकारात्मक उपलब्धिहरू एक–एक गरेर सुनाए । यस्ता छन् प्रधानमन्त्री प्रचण्डकै शब्दमा आफूले एक वर्षमा हासिल गरेका गरेका ५० उपलब्धि :

कार्यशैली बदल्न कति सम्भव ?

विभिन्न आशंकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार एक वर्ष पूरा गरेको छ । २०७९ साल पुस १० गते संसद्को दोस्रो ठुलो दल एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड विगतको दुई कार्यकालको आफ्नै रेकर्ड भङ्ग गर्न सफल भएका हुन् ।देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

महसुल विवाद

प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थनसँगै विद्युत् प्राधिकरणले धमाधम उद्योगको लाइन काटिरहेको छ । अर्बौँ रुपैयाँ बिल बक्यौता रहेको देखाउँदै प्राधिकरणले हजारौँको रोजगारी प्रभावित बन्ने गरी न्यून मात्रामा रहेका उत्पादनमूलक उद्योगमाथि धावा बोलिरहेको छ । तर, ‘प्रचण्ड क्याबिनेट’मै बसेर अर्थ मन्त्रालयको बागडोर सम्हालिरहेका डा. प्रकाशशरण महतले भने प्राधिकरणको यो नीतिमा ‘अब्जेक्सन’ जनाएका छन् ।

परिसंघका अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरुले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको दाबी गर्दै विवादित प्रिमियमको बिलमात्रै नतिरेको बताए । उनले अहिले आएर एकैपटक छलफल नगरी लाइन काटिदिँदा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था देखेको बताए ।

लगानी जोखिममा

बैंक तथा वित्तीय संस्थाहरूको करिब २ खर्ब हाराहारी कर्जा लगानी जोखिममा परेको छ । राष्ट्रिय तथा क्षेत्रीय स्तरका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले गरेको कूल कर्जा लगानीको ३.६६ प्रतिशत लगानी उच्च जोखिममा परेको हो ।देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

प्याजको आपूर्ति

 पछिल्लो समय आलुको आपूर्ति सहज भए पनि प्याजको अझै सहज हुन नसकेको पाइएको छ । आन्तरिक उत्पादन र भारतीय आलु आयात भएकाले आलुको आपूर्तिमा समस्या नभएको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताए । उनका अनुसार प्याज आपूर्तिमा समस्या देखिएको छ । 

डीआईजी सरुवा गर्न चलखेल

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सरुवा गर्न छलफल सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख सहितका डीआईजीहरु सरुवा गर्नेगरी छलफल भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

 जसपामा नेताहरूको दौडधुप

राष्ट्रिय सभाको चुनाव जति-जति नजिक आउँदैछ, जनता समाजवादी पार्टीभित्र त्यति नै दबाब बढिरहेको छ । गठबन्धनमा सिट बाँडफाँड हुँदा जसपाले लगभग एउटा सिट पाउने निश्चित छ ।देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

सांसदहरूका थरीथरीका संशोधन प्रस्ताव

‘विद्यालय शिक्षा विधेयक २०८०’ मा समावेश निजी विद्यालयको विषयमा चर्चामा छ । निजी विद्यालयहरूलाई ५ वर्षभित्रमा अनिवार्य रूपमा सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने प्रस्ताव ल्याइएको थियो । उक्त प्रस्तावको विरुद्धमा निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको चेतावनी दिएका थिए ।

गौतमबुद्ध विमानस्थल

०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै अन्तर्राष्ट्रिय उडानसँगै यहाँ धेरै होटल आवश्यक पर्ने बताएका थिए । त्यही भाषण सुनेपछि भैरहवाका व्यवसायी  पवन हलुवाईले लुम्बिनीमा होटल पवन प्यालेस निर्माणको काम थालनी गरेका थिए ।

बालश्रम

आमाको न्यानो काख, बुबाको न्यानो काँध बालबालिकाका लागि प्रिय हुन्छन् । बाल्यकाल आमाबुवाकै वरिपरि घुमिरहन्छ । आफूले देखेको र चाहेको कुरा नपाए क्षणभरमै रिसाउने । मागेको चिज पाए फुरुङ्गै हुने । बालबालिकाको नेचर नै हो । तर यस्तो अवसर सबै बालबालिकाले पाउँदैनन् । त्यही भीडमा छिन् रामेछापकी अञ्जली (साङ्केतिक नाम) । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया